राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा प्रभावित, आठमध्ये दुईको मात्र नाफा बढ्यो (सूचिसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा प्रभावित, आठमध्ये दुईको मात्र नाफा बढ्यो (सूचिसहित)



काठमाडौं । चालू आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा राष्ट्रियस्तरका विकास बैंकहरुको खुद नाफा घटेको छ। बैंकहरुले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार यस अवधिसम्म आइपुग्दा विकास बैंकहरुको नाफा समग्रमा १२.८० प्रतिशतले घटेको हो। चालू आर्थिक वर्षको असार मसान्तसम्म विकास बैंकहरुले पाचँ अर्ब ७७ करोड ९६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आवको यसैअवधिमा भने राष्ट्रियस्तरका विकास बैंकहरुकाे खुद नाफा छ अर्ब ६२ करोड ७८ लाख रुपैयाँ थियो।

कुन बैंकको कति नाफा वृद्धि भयो ?
गत आर्थिक वर्षको अन्त्यसम्ममा दुई बैंक मात्र खुद नाफा वृद्धि गर्न सफल भएका छन्। यस अवधिसम्म आउँदा साइना रेसुङगा विकास बैंक, गरिमा विकास बैंकको नाफा अघिल्लाे वर्षको यसै अवधिको भन्दा केही बढेको छ।

यस अवधिसम्म आउँदा साइन रेसुङगा विकास बैंकको नाफा ७८ करोड ६८ लाख २६ हजार रुपैयाँ छ। बैंकको नाफा अघिल्लाे आर्थिक वर्षको सोही अवधिको भन्दा २१.९३ प्रतिशतले बढेको छ। अघिल्लाे आर्थिक वर्षको सोही अवधिमा बैंकले ६४ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबर नाफा आर्जन गर्न सफल भएको थियो।

यसैगरी, आर्थिक वर्षको अन्त्यसम्म गरिमा विकास बैंकको नाफा एक अर्ब २१ करोड ७३ लाख ७१ हजार रुपैयाँ छ। बैंकको नाफा अघिल्लाे आर्थिक वर्षको यसै अवधिको भन्दा १५.२१ प्रतिशतले बढेको छ। अघिल्लाे आर्थिक वर्षको सोही अवधिमा यस बैंकले एक अर्ब पाचँ करोड ६६ लाख ५३ हजार रुपैयाँ बराबर खुद मुनाफा आर्जन गरेको थियो।

कुन बैंकको कति नाफा घट्यो ?

गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आउँदा छ वटा राष्ट्रिय स्तरका विकास बैंकको नाफामा गिरावट आएको छ। यस अवधिसम्म आउँदा सबैभन्दा धेरै नाफा घटेको विकास बैंक महालक्ष्मी विकास बैंक हो। यस बैंकको नाफा असारमसान्तसम्म ५०.५२ प्रतिशतभन्दा धेरैले घटेको छ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ९५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४७ करोड ९ लाख ६२ हजार रुपैयाँमात्र नाफा कमाएको छ। यसैगरी, दोस्रोमा सांग्रिला विकास बैंकको नाफा ४२.३१ प्रतिशतले घटेको छ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षको असारमसान्तसम्म ३४ करोड ३७ लाख २१ हजार रुपैयाँमात्र नाफा कमाउन सफल भएको छ। साथै, यस अवधिमा कामना सेवा विकास बैंकको नाफा पनि ३१ प्रतिशतभन्दा धेरै घटेको छ। यस अवधिसम्म बैंकले ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६३ करोड ९ लाख ७६ हजार रुपैयाँ थियो।

चालू आवको अन्त्य सम्ममा ज्योती विकास बैंकको नाफा २१ प्रतिशतभन्दा धेरै घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ७० करोड १५ लाख रुपैयाँ भन्दा बढी नाफा कमाउन सफल भएको थियो।

गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा लुम्बिनी विकास बैंकको नाफा पनि ९.३५ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको असारमसान्तसम्म ६१ करोड २४ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको बैंकले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ६७ करोड ५६ लाख ३२ हजार रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सफल भएको थियो। त्यस्तै सबैभन्दा कम मुक्तिनाथ विकास बैंकको नाफा गत असार मसान्तसम्म एक अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैंया कमाएको छ । जुन अघिल्लो आर्थिक बर्षको यसै अवधिमा एक अर्ब ३७ करोड रुपैंया कमाएकाे थियो ।

प्रकाशित : २१ श्रावण २०८०, आईतवार १५:२७