नेष्डो समृद्धको लाभांश संशोधन, १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेष्डो समृद्धको लाभांश संशोधन, १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ। लघुवित्तले संशोधन गरेकाे लाभांशबाट कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ५० प्रतिशत बोनस सेयर र करिब सहित २३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

तर, राष्ट्र बैंकले गत वैशाख ४ गते पत्र पठाउँदै बोनस सेयर र नगद गरी कुल १७.९३ प्रतिशत मात्र लाभांश वितरण गर्न अनुमति दिएको थियो। राष्ट्र बैंकको उक्त निर्णयलाई तत्काल कार्यान्वयन नगर्ने भन्दै नेष्डो अदालत पुगेको थियो।

राष्ट्र बैंकद्वारा स्वीकृत १७.९३ प्रतिशत लाभांशले विद्यमान विषम परिस्थितिमा संस्थाको वित्तीय अवस्थामा प्रत्यक्ष नकरात्मक प्रभाव पार्ने भएकोले करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्न लागिएको लघुवित्तले नेप्सेलाई पठाएको पत्रमा उल्लेख छ।

राष्ट्र बैंकको स्वीकृत भई र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : 6 August, 2023 12:34 pm