काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनमा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी आयोगमा परेको थियो ।
सोहि आधारमा अख्तियारको टोलीले ढकाललाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा असार २२ गते नियन्त्रणमा लिएको थियो। अनुसन्धानको क्रममा लेखा अधिकृत ढकालले विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग उक्त घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएको आयोगले जनाएको छ ।
साथै, निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज लाई दुई लाख रुपैयाँ बिगो माग कायम गरी कैद सजाय हुन मागदावी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।







Comment