बेष्ट फाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

बेष्ट फाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो



काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार फाइनान्सले ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७६.८७ प्रतिशत कम हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा १६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेपछि फाइनान्सको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३.३७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १०.९९ प्रतिशत बढेको छ। त्यसैगरी, फाइनान्सको कुल सञ्चालन आम्दानी १५.९४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७३.३४ प्रतिशत घटेको छ। फाइनान्सको निष्क्रिय कर्जा २.२४ प्रतिशतबाट बढेर ३.३ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

असार मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २० करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी १५ रुपैयाँ ६५ पैसा घटेर ४ रुपैयाँ ५२ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ७८.०३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ७१ पैसा रहेको छ।

८५ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा ३३ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा फाइनान्सको निक्षेप १५.७१ प्रतिशत बढेको छ भने कर्जा १२.३३ प्रतिशत बढेको छ।

प्रकाशित : १९ श्रावण २०८०, शुक्रबार १२:०४