कामना सेवा विकास बैंककाे नाफा घट्याे, अन्य सूचक कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंककाे नाफा घट्याे, अन्य सूचक कस्ताे ?



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा घटेको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा २६.९३ प्रतिशत घटेको हाे।

अघिल्लो आर्थिक वर्ष ५९ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.९२ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४.५५ प्रतिशत र सञ्चालन मुनाफा २०.०५ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.३१ प्रतिशतबाट २.९८ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ५० करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५ करोड ८० लाख रुपैयाँ रहेको छ भने वितरण योग्य प्रतिशेयर आम्दानी १ रुपैयाँ ७७ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६४ पैसा घटेर १३ रुपैयाँ १४ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा रहेको छ।

३ अर्ब २८ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १५.६० प्रतिशत बढेको छ भने कर्जा लगानी ३.६६ प्रतिशत बढेको छ।

प्रकाशित : १८ श्रावण २०८०, बिहीबार १६:३४