नेप्से परिसूचकमा सामान्य सुधार, दुई कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्से परिसूचकमा सामान्य सुधार, दुई कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ। आज बजार ३ अंकले बढेर परिसूचक २०८९.८४ को विन्दुमा उक्लिएको हो।

आज कारोबार भएका २६२ कम्पनीको ५१ लाख ३० हजार ५२० कित्ता सेयर किनबेच हुदाँ एक अर्ब ७८ करोड १९ लाख ४१ हजार रुपैंया भन्दा बढीको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी शिवम् सिमेन्टको नौ करोड २३ लाख ६८ हजार रुपैंया भन्दा बढीको कारोबार भएको छ ।

आज बजार सामान्य बढ्दा बैंकिङ समूह ५.९५, जीबन बीमा समूहको ६३.४७,उत्पादन तथा प्रशोधन समूहमा १६.४१,माइक्रोफइनान्स १०.८९, ट्रेडिङ समूहको ५१.७५ अंकले बढोत्तरी भएको छ । साथै, आज विकास बैंक समूहमा ८.०२, वित्त समूह २८.०८, निर्जीबन बीमा समूह ४८.९८, जलविद्युत समूहमा १३.१४, होटल समूहमा ३३.१२ अंकको गिरावट आएको छ।

कारोबारमा आज सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था र एनआइबीएल ग्रोथ फण्डको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले सर्बाधिक गुमाएका छन् ।

प्रकाशित : १८ श्रावण २०८०, बिहीबार १५:२६