छुट्नु भयो कि ? नेसनल हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

छुट्नु भयो कि ? नेसनल हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । नेसनल हाइड्रोपावरको ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने साउन १८ गते बिहीबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असार २९ गतेबाट ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

यस हकप्रदमा जेठ ३२ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्र आवेदन दिन सक्नेछन् । यसमा मुक्तिनाथ क्यापिटलले यसमा बिक्री प्रबन्धकको काम गरेको छ । मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुङ्ग शाख कार्यालयबाट यसमा आवेदन दिन सकिन्छ । साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित : १८ श्रावण २०८०, बिहीबार १४:१७