अधिवक्ता भगवती पाण्डे पक्राउ पर्नुको यस्तो रहेछ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

अधिवक्ता भगवती पाण्डे पक्राउ पर्नुको यस्तो रहेछ कारण



काठमाडौं । अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । टेलिभिजन अन्तरवार्तामा विवादास्पद अभिव्यक्ति दिएको आरोपमा बुधबार बिहान पाण्डे पक्राउ परेकी हुन् ।

केही दिनअघि प्राइम टेलिभिजनलाई दिएको अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारप्रति गरिएको टिप्पणीको विरोध भएको थियो । उक्त टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए ।

दाजु बहिनीबीचको विवाह भन्दै उनले गरेको टिप्पणीका कारण तामाङ संघसंस्थाहरुले उनलाई पक्राउ गर्न दबाब दिँदै आएका थिए । तामाङ घेदुङ संघको तर्फबाट उनीविरुद्ध जाहेरी परेको थियो । हाल उनको बयान लिइरहेको छ ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार १६:४८