सिनर्जी पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै



काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले साउन २५ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

यस कम्पनीले १ सय अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

सिनर्जी पावरले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको हकप्रद सेयरका लागि बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ । हकप्रदमा सानिमा क्यापिटल र सानिमा बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

प्रकाशित : १७ श्रावण २०८०, बुधबार ०९:४८