मौलिक उत्पादन बढी गर्नसके दुई वर्षमा २ खर्बको निर्यात गर्नसक्ने सम्भावना छः अध्यक्ष गोल्यान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मौलिक उत्पादन बढी गर्नसके दुई वर्षमा २ खर्बको निर्यात गर्नसक्ने सम्भावना छः अध्यक्ष गोल्यान



काठमाडाै । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) का अध्यक्ष पवनकुमार गोल्यानले १० वटा नेपाली मौलिक उत्पादन गर्नसके दुई वर्षमा २ खर्बको निर्यात गर्नसक्ने सम्भावना रहेको बताएका छन् । सोमवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)ले आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष गोल्यानले यस्तो बताएका हुन ।

उनले अलैंची, अदुवा, धनियाँ र बेसार, अगरबत्ति÷धुप, नेपाली हाते कागज, फेल्ट, अल्लो, जडीबुटी, यार्न÷धागो (टेक्सटाइल तथा तयारी पोशाक), वनस्पति रेशाबाट बनेका वस्तुहरू (वास्केट, गुन्द्री, चट्टाई, डोको, डालो) लगायतका १० वटा मौलिक उत्पादनहरु विदेशमा निर्यात गर्नसके २ अर्ब रुपैयाँको दुई वर्षमा गर्न सकिने बताए अध्यक्ष गोल्यानले दुई वर्षमा २ खर्बको निर्यात मात्रै नभएर देशभित्रै ८ लाख नयाँ रोजगारी सिर्जना गर्न सकिने बताए ।

उनले विश्वमा उक्त उत्पादनहरुको ५५९ खर्ब ८४ अर्बको आयात हुने गरेको बताउनु भयो। उनले विश्वबाट निर्यात हुने ५५९ खर्ब ८४ अर्ब मध्ये नेपालको हिंसा ३७ अर्ब मात्रै रहेको बताए । उनले नेपाली मौलिक १० उत्पादनमा नेपालले फड्को मार्नसक्ने सम्भावना रहेको बताए । अध्यक्ष गोल्यानले ठूलो अलैँचीको १४७ अर्बको बजारमा माग रहेको भन्दै गत आर्थिक वर्षमा ८ अर्ब २७ करोडमा मात्रै निर्यात गरेको बताए । उनले ठूलो अलैँची अझै ४० अर्ब बढीको निर्यात गर्न सकिने बताए । उनले निजी क्षेत्र सबै मिलेर नेपाली मौलिक उत्पादन विकास गर्न लाग्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। उहाँले उद्योगी व्यवसायीहरु र बैंकहरुले उत्पादन मुलक क्षेत्रमा लगानी नगरी देश विकास हुन नसक्ने बताए ।

उनले भने ,‘अलैंची, अदुवा, धनियाँ र बेसार, अगरबत्ति÷धुप, नेपाली हाते कागज, फेल्ट, अल्लो, जडीबुटी, यार्न÷धागो (टेक्सटाइल तथा तयारी पोशाक), वनस्पति रेशाबाट बनेका वस्तुहरू (वास्केट, गुन्द्री, चट्टाई, डोको, डालो) लगायतका १० वटा मौलिक उत्पादनहरुको ५५९ खर्ब ८४ अर्बको विश्वमा आयात हुन्छ । त्यसमा नेपालको हिंसा ३७ अर्ब मात्रै छ । जसमा १० वटा उत्पादनमा नेपालले फड्को मार्नसक्छाैँ । ठूलो अलौचीको १४७ अर्बको बजारमा माग छ । यो वर्ष ८ अर्ब २७ करोडमा मात्रै निर्यात गरेका छौं । यो पनि भारतमा मात्रै पठाइएको छ । अझै ४० अर्ब उठाउन सक्ने सम्भावना छ । निजी क्षेत्र सबै मिलेर नेपाली मौलिक उत्पादन विकास गर्न लाग्नुपर्छ ।

हामीले दुई वर्षमा ८ लाख नयाँ रोजगारी सिर्जना र २ खर्बको निर्यात गर्न सक्ने क्षमता राखेको छ । उत्पादन मुलक क्षेत्रमा लगानी नगरी देश विकास हुन सक्दैन । बैंक तथा वित्तीय संस्थाहरुले पनि आयात भन्दा पनि ७० प्रतिशत साना तथा मझौला उद्योगमा लगानी गरेको अवस्था छ । उद्योगहरु स्थापना गर्नको लागि सरकारका झन्झटिला नीतिहरु खुकुलो बनाउनुपर्ने माग छ । औद्योगिक क्षेत्रमाहरुमा गाडीका ग्यारेज राख्ने ठाँउ हुने तर मौलिक उत्पादन गर्ने उद्योगको लागि ठाउँ नदिने अवस्थाको अन्त्य गर्नु आवश्यक छ । अल्लो र हातेकागज उद्योगको दयनिय अवस्था रहेको छ ।’

अध्यक्ष गोल्यानले बैंक तथा वित्तीय संस्थाहरुले ७० प्रतिशत लगानी साना तथा मझौला उद्योगमा गरिरहेको बताए । उनले उद्योगहरु स्थापना गर्नको लागि झन्झटिला नीतिहरु सरकारले खुकुलो बनाउन माग गरे । उनले औधोगिक क्षेत्रमाहरुमा गाडीका ग्यारेज राख्ने ठाँउ हुने तर मौलिक उत्पादन गर्ने उद्योगको लागि ठाउँ नपाउने अवस्थाको अन्त्य गरी त्यस्ता उद्योगलाई प्राथमिकता दिएर विद्युत लगायत सुविधा दिन आवश्यक रहेको बताए ।

प्रकाशित : १६ श्रावण २०८०, मंगलवार १८:११