एक दिनपनि टिकेन नेप्सेको वृद्धि, दाेहाेराे अंकले घट्याे बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक दिनपनि टिकेन नेप्सेको वृद्धि, दाेहाेराे अंकले घट्याे बजार



काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार मापन गर्ने सूचक २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा रोकिएको हो । अघिल्लो दिन बजार ५.८४ अंकले बढेर परिसूचक २१०६.१८ को बिन्दुमा उक्लिएको थियो ।

आज २६२ कम्पनीको ६० लाख १५ हजार कित्ता सेयर किनबेच हुदाँ एक अर्ब ९२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेका छन् ।

बैंकिङ समूहको १२.२३, विकास बैंक ७६.२५, वित्त ४५.०९, होटल १२३२, जलविद्युत २९.९६, जीवन बीमा २२२.५३, उत्पादन तथा प्रशोधन ७६.७७, माइक्रोफाइनान्स ५४.०९, निर्जीबन बीमा २७४.६४, अन्य समूहको उपसूचक १५.१९ अंक र टेड्रिङ समूहको ४४.८३ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा आज अपर तामाकोशी हाइड्रोपावर लिमिटेडकाे सबैभन्दा बढी ८ करोड ७४ लाख ३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित : १६ श्रावण २०८०, मंगलवार १५:३४