भारतबाट बढेर आयाे पेट्रोल र डिजेलको मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

भारतबाट बढेर आयाे पेट्रोल र डिजेलको मुल्य



काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मुल्य बढेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मुल्य बढाएर नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो।

आइओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर साढे ८ रुपैयाँ र डिजल ७ रुपैयाँ ६१ पैसा बढेर आएको छ । यस्तै मट्टितेल लिटरमा साढे ७ रुपैयाँ र हवाई इन्धन ८ रुपैयाँले बढेर आएको छ ।

यता, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ घटेर आएको निगमले जनाएको छ । नयाँ मूल्यसूची आएसँगै निगमले लागु गरेको स्वचालित बिक्री मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य बढ्ने छ भने ग्यासको घट्ने भएको छ ।

आइओसीले निगमलाई १५/१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ ।

प्रकाशित : १६ श्रावण २०८०, मंगलवार १५:०१