सुनचाँदीकाे मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीकाे मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सुनचाँदीको मुल्यमा दिनहुँजसो उतारचढाव देखिइरहेको छ । सोमबार घटेको सुनचाँदीको मुल्य मंगलबार बढेको छ । आज छापावाल सुन तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले बढेको हो ।

आज छाापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुनको मुल्य तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्यमा गिरावट देखिएको थियो। सोमबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित : १६ श्रावण २०८०, मंगलवार ११:५३