हिमालयन ब्रोक्रेजको अफर : रु ९९९ मा नयाँ डिम्याट खाता र मेरो शेयर खोलिने, आजीवन नवीकरण गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन ब्रोक्रेजको अफर : रु ९९९ मा नयाँ डिम्याट खाता र मेरो शेयर खोलिने, आजीवन नवीकरण गरिने



काठमाडौँ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले एक अफर सार्वजनिक गरेको छ ।

स्कीम अनुसार, शेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र मेरो शेयर खोल्ने र आजीवन नवीकरण जम्मा रु.९ सय ९९ मा गरिने कम्पनीले जनाएको छ ।

यो सँगै पुँजी बजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित : 1 August, 2023 8:05 am