किसानलाई समयमा मल दिने कुरा सरकारले भाषण र दस्तावेज लेखेर मात्रै हुँदैनः सांसद कार्की « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

किसानलाई समयमा मल दिने कुरा सरकारले भाषण र दस्तावेज लेखेर मात्रै हुँदैनः सांसद कार्की



काठमाडाै । पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रासायनिक मल किसानलाई समयमा दिने कुरा सरकारले भाषण र दस्तावेज लेखेर मात्रै नहुने बताएका छन् ।सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री कार्कीले रासायनिक मल किसानलाई समयमा दिने कुरा सरकारले भाषण, दस्तावेज लेख्ने र निर्णय मात्रै गरेर नहुने बताएका हुँन ।

उनले सरकारले आवश्यक समयमा नै किसानहरुलाई मल पु¥याउन नसक्ने अनि भाषण र निर्णय पत्रपत्रिकाहरुलाई समाचारको लागि मात्रै हुने गरेको बताए । उनले समाचारको लागि भन्दा पनि किसानको लागि उपयुक्त हुनेगरी मलको सहज रुपमा वितरण सरकारले गर्नुपर्ने बताए । उनले सधैँ यही समयमा मल अभावको विषय उठ्ने गरेको भन्दै मल वितरण प्रणालीलाई सरकारले व्यवस्थित गर्न आवश्यक रहेको बताए ।

उनले मल गोदाममा सडेर जाने तर किसानहरुले मल नपाउने अवस्था रहेको भन्दै वितरण प्रणालीलाई कसरी प्रभावकारी बनाउन समितिले आजकै बैठकबाट निर्देशन दिनुपर्ने बताए । उनले रासायनिक मल कारखाना स्थापना गर्ने कुरा दीर्घकालिन योजना भएको बताए ।

उनले भने ,‘मल मौज्दात छ वा छैन मन्त्री र सचिवले जानकारी दिनुपर्छ । मल गुणस्तरिय छ वा छैन । मल मौज्दात छ भने अहिले किसानहरुले मल नपाए कहिले मल पाउँछन् । होइन भने हामी भाषण गर्छौं दस्तावेज लेख्छौं । निर्णय गर्छौं । तर त्यो निर्णय पत्रपत्रिकाका लागि मात्रै हुन्छ । किसानको लागि हुँदैन । मल किन समयमा आउँदैन । सधैँ यही समयमा मलको कुरा गछौं । मन्त्री र सचिव परिवर्तन भएपनि मन्त्रालय परिवर्तन हुँदैन ।

मल वितरण प्रणालीलाई सरकारले किन व्यवस्थित गर्न सकेका छैनौं । मल गोदाममा सडेर जाने भन्ने सुनिन्छ अर्को तर्फ अहिले किसानहरुले मल पाइराखेको अवस्था छैन । वितरण प्रणालीलाई कसरी प्रभावकारी बनाउने विषयमा आजकै बैठकबाट निर्देशन दिनुपर्छ । मल कारखाना स्थापना गर्ने कुरा दीर्घकालिन कुरा हो ।

यसलाई कसरी युद्ध स्तरमा गएर कारखाना स्थापना गर्न सकिन्छ । भन्ने कुरामा सरकारको ध्यान जान जरुरी छ । अहिले हामीलाई मलको अल्पकालिन समस्या हो ।’ उनले रासायनिक मल कारखाना स्थापना गर्ने कुरालाई तिब्र स्तरमा गएर कारखाना स्थापना गर्न कुरामा सरकारको ध्यान जान जरुरी रहेको बताए ।

प्रकाशित : १५ श्रावण २०८०, सोमबार १९:०८