२ सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात छ,अभाव छैनः मन्त्री भुसाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

२ सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात छ,अभाव छैनः मन्त्री भुसाल



काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै मन्त्री भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको भन्दै मल अभाव नरहेको बताएका हुन । मन्त्री भुसालले सरकारले आयात गरेको मल गुणस्तरीय रहेको बताए । उनले संघीय सरकारले रासायनिक मल आयात गरेर वितरणको जिम्मा स्थानीय तहलाई दिएपनि स्थानीय तहले राम्रो काम गर्न नसकेको बताए । उनले स्थानीय तहले रासायनिक मल वितरण राम्रो गर्न नसक्दा मल वितरणमा समस्या देखिएको बताए । उनले स्थानीय तहले सिफारिस गरेर मल वितरणको जिम्मा पाएका सहकारी संस्थाले नै घोटला गरेको आरोप लगाए ।

उनले सरकारले काभ्रे,पाल्पा,इलाम,कपिलवस्तु लगायतका विभिन्न जिल्लाहरुमा मल वितरणमा बद्मासी गर्नेहरुलाई कारबाही गरेको बताए । उनले सरकारले यो वर्ष ल्याउनुपर्ने सबै मल आइसकेको भन्दै २५ हजार मेट्रिक टन मल बाटोमा रहेको बताए । उनले अब आउने पुससम्मको लागि मल ल्याउनको लागि टेण्डर पनि भइसकेको बताए ।


उनले भने ,‘दुई सय ८४ मेट्रिक टन मल सरकारसँग मौज्दात रहेको छ । कुन डिपोमा कति छ भन्ने समेत दिनसक्छौं । रासायनिक मलको अभाव छैन । गत वर्षको जस्तो रासायनिक मल अभाव छैन । अहिले पर्याप्त मल आयात भएको छ । संघीय सरकारले रासायनीक मल आयात गर्ने मात्रै हो । वितरण गर्ने संघीय सरकारले होइन। वितरण गर्ने जिम्मा सरकारले स्थानीय तहलाई दिएका छौं । मल बाहिरी देशबाट ल्याउनुपर्ने जिम्मेवारी हो । रासायनिक मल पर्याप्त छ अभाव छैन । सरकारले आयात गरेको मल गुणस्तरीय पनि छ । मल वितरणमा स्थानीय तहहरुले राम्रो भुमिका खेलेका छैनन् । स्थानीय तहले मल वितरणका लागि सिफारिस गरेका सहकारीहरुले मलमा घोटला र कालोबजारी भएको छ ।

जनप्रनिनिधिहरुको काम कहाँ कहाँ घोटाला भएको छ भनेर खोज्ने काम पनि हो । सरकारले मलमा गडबढी गर्नेहरुलाई स्थानीय प्रसाशनलाई लगाएर पक्राउ गरिएको पनि छ । काभ्रे,पाल्पा,इलाम,कपिलवस्तु लगायतका विभिन्न जिल्लाहरुमा घोटला भएको छ । सरकारले कारबाही गरेपश्चात केही सुधार भएको छ । सरकारले यो वर्ष जति मल ल्याउने भनेका थियौं । करिव सबै मल आइसकेको छ । २५ हजार मेट्रिक टन मल बाटोमा छ । अब आउने पुससम्मको लागि मल ल्याउनको लागि टेण्डर पनि भइसक्यो । समयमा मल आयात हुन नसकेर अभाव सिर्जना भएको छ । समयमा मल नआउनुको मुख्य कारण समयमा बजेट नपाउनु हो। मल आयात गर्न कम्तीमा दुई सय २७ दिन लाग्दो रहेछ । यति लामो समय लाग्ने खरिद र ढुवानी प्रक्रियाका लागि समयमा बजेट पाइएन भने समस्या हुन्छ। मल कारखाना बनाउने विषयमा गम्भिर समिक्षा गर्नुपर्ने छ ।’

उहाँले समयमा मल आयात हुन नसकेर अभाव सिर्जना भएको भन्दै समयमा मल नआउनुको मुख्य कारण समयमा बजेट नपाउनु भएको बताए । उनले मल आयात गर्न कम्तीमा दुई सय २७ दिन लाग्दो लाग्ने गरेको बताए । उनले लामो समय खरिद र ढुवानी प्रक्रियाका लागि समयमा लाग्ने र बजेट नहुँदा समस्या हुने बताए । उनले मल कारखाना बनाउने विषयमा भने गम्भिर समिक्षा गर्नुपर्ने अवस्था रहेको बताए । उनले गत आर्थिक वर्ष २०७९÷८० मा मल खरिद गर्न सरकारले कुल ३८ अर्ब बजेट विनियोजन गरेकोमा ३३ अर्ब बराबरको मल आपूर्ति गरेको भन्दै चालु आवका लागि ३० अर्ब बजेट विनियोजन भएको उल्लेख गरे ।

प्रकाशित : १५ श्रावण २०८०, सोमबार १८:०४