उकालो लाग्यो सेयर बजार, कारोबार रकम १ अर्ब ८५ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

उकालो लाग्यो सेयर बजार, कारोबार रकम १ अर्ब ८५ करोड



काठमाडौं । केहि दिनदेखि निरन्तर गिरावट आएको सेयर बजारमा साताको दोस्रो कारोबार दिन सोमबार सामान्य अंकले उकालो लागेको छ। आज बजार ५.८४ अंकले बढेर परिसूचक २१०६.१८ को विन्दुमा उक्लिएको हो।

आज कारोबार भएका २६२ कम्पनीको ५५ लाख ३१ हजार ७३७ कित्ता सेयर किनबेच हुदाँ एक अर्ब ८५ करोड ८० लाख रुपैंया भन्दा बढीको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी शिवम् सिमेन्टको आठ करोड आठ लाख ८६ हजार रुपैंया भन्दा बढीको कारोबार भएको छ ।

आज बजार बढ्दा बैंकिङ समूह ९.६८, विकास बैंक समूहमा १८.१२, वित्त समूह २३.२०, उत्पादन तथा प्रशोधन समूहमा २५.७६, जीबन बीमा समूहको २.४८, निर्जीबन बीमा समूह ४.६१, र ट्रेडिङ समूहको ५६.०१ अंकले बढोत्तरी भएको छ।

आज जलविद्युत समूहमा ८.५७, माइक्रोफइनान्स ४.१०, अंकले गिरावट आएको छ। कारोबारमा आज सनराइज ब्लु चिप फण्डको सेयरमुल्य उच्च अंकले बढेको छ भने वीन नेपाल लघुवित्त वित्तिय संस्था र ग्लोबल आइएमई बैंकको डिबेन्चर २०८६/८७ का लगानीकर्ताले सर्बाधिक गुमाएका छन् ।

प्रकाशित : १५ श्रावण २०८०, सोमबार १५:२२