लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको लाभांश घोषणा



काठमाडौं । लक्ष्मी क्यापिटलले संचालन गरेको २ वटा सामुहिक लगानी कोष योजनाको लाभांश घोषणा भएको छ। लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले लाभांश गरेका हुन् ।

कोष व्यवस्थापक लक्ष्मी क्यापिटलको आइतबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । जस अनुसार क्यापिटलले लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ८ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरेको छ ।

त्यस्तै लक्ष्मी उन्नति कोषका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ९.५ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा क्यापिटलले गरेको छ ।

प्रकाशित : १५ श्रावण २०८०, सोमबार ११:३०