काठमाडौं । नेपाल धितोपत्र बोर्डले गैर आवासीय नेपालीलाई दोस्रो बजारमा खुला गर्न आवश्यक कानुन संशोधन गर्ने जनाएको छ। बोर्डले आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम सर्वजनिक गर्दै विकासात्मकतर्फ ३० कार्यक्रम र नियमित तर्फ ४४ कार्यक्रम गरी कुल ४४ कार्यक्रम निर्धारण गरेको जनाएको छ।
जुन अघिल्ला बर्षकाे कार्यक्रमले चालु वर्ष पनि निरन्तरता पाएको छ।
त्यसैगरि धितोपत्र व्यवसायीका लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका जारी गर्ने कार्यक्रम राखेको छ। हरित वण्ड लगायत नवीन वित्तीय औजार निष्कासनको लागि नियम कानुन बनाउने उल्लेख छ।
सेटलमेण्ट ग्यारेन्टी फण्ड देखि एसएमइज प्लेटफर्म सञ्चालनमा ल्याइने कार्यक्रमले यस पटक पनि निरन्तरता पाएका छन्।





Comment