सेयर बजारमा २६.४१ अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा २६.४१ अंककाे गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार मापन गर्ने सूचक २६.४१ अंकले घटेर २१०० बिन्दुमा रोकिएको छ ।

२६६ कम्पनीको ६८ लाख ६० हजार कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेका छन् ।

बैंकिङ समूहको ७.९८, विकास बैंक ५९.१६, वित्त ४३.६५, होटल १२०.८२, जलविद्युत ३३.६५, जीवन बीमा १८८.१८, उत्पादन तथा प्रशोधन ३२.७९, माइक्रोफाइनान्स ६५.३५, निर्जीबन बीमा २१०.३७, अन्य समूहको उपसूचक २८.५१ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा शिवम सिमेन्टको सबैभन्दा बढी १४ करोड ७८ लाख ७४ हजार ३४९ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित : १४ श्रावण २०८०, आईतवार १५:५६