काठमाडौं । मिड सोलु हाइड्रोपावरले साउन १४ गते देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात १ सय रुपैयाँ अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
सो मध्ये आयोजना अति प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी र तिङ्ला गा।वि।स हालको सोलुदुधकुण्ड न.पा.वडा नं३,४,५,६,७ र ११) का बासिन्दाहरुको लागि ५ लाख ६१ हजार ३०० कित्ता शेयर तथा प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी र तिङ्ला गा.वि.स हालको सोलुदुधकुण्ड न.पा.वडा नं ३, ४, ५, ६, ७ र ११ बाहेक) का सोलुखुम्बु जिल्लावासीहरुको लागि १ लाख ८७ हजार १०० कित्ता शेयर निष्काशन गर्ने छ ।





Comment