शेयर धितो कर्जाः अब ५० लाख रुपैयाँ सम्मको कर्जाको जोखिम भार शतप्रतिशत हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शेयर धितो कर्जाः अब ५० लाख रुपैयाँ सम्मको कर्जाको जोखिम भार शतप्रतिशत हुने



काठमाडाैं । नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा १५० प्रतिशत जोखिम भार कायम गरेको छ। यसअघि २५ लाखसम्मको शेयर धितो कर्जामा मात्रै १०० प्रतिशत जोखिम भार रहेकोमा अब ५० लाख रुपैयाँ सम्मको कर्जाको जोखिम भार शतप्रतिशत हुने छ।

राष्ट्र बेंकले मौद्रिक नीतिमा नै शेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन हुने बताएको थियो। सोहि व्यवस्थाको कार्यन्वयनको लागि शुक्रबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको छ।

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार १९:०९