साना किसान विकास लघुवित्तको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साना किसान विकास लघुवित्तको सेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त



काठमाडौं । साना किसान विकास लघुवित्तले सेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । मर्जरपछि कम्पनीले सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त केही समय पहिले मात्रै मर्ज भएर साना किसान विकास लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

सेयर रजिष्ट्रार सम्बन्धी काम गर्ने सम्ताझौको लागि यस कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा. नबराज सिम्खडा तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

योसँगै यस कम्पनीको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब सनराइज क्यापिटलले गर्नेछ ।

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार १२:०८