सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम पनि घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम पनि घट्याे



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार ओरालो लागेको छ । आज बजार ८.११ अंकले घटेर परिसूचक २१५६.६० को बिन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स २.०५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.४७ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४३ अंकले घटेको छ ।

आज नेप्सेमा कारोबार भएका २६० कम्पनीको करोड ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच हुदाँ कारोबार रकम दुई अर्ब ४३ करोड २५ लाख ८ हजार रुपैयाँ बढीको भएको छ। त्यस्तै आज ग्लोबल बैंक प्रमोटर सेयरको सर्वाधिक १५ करोड १२ लाख ५३ हजार भन्दा बढीको कारोबार भएको छ ।

बजार राताम्मे हुदाँ वित्त समूहको उपसूचक १.६१, अन्य समूहको उपसूचक ११.३१ अंकले बढेको छ । साथै, बैंकिङ समूहको ०.६०, विकास बैंक १८.६७, होटल ८५.४२, होटल २२.१०, जीवन बीमा २७.९९, उत्पादन तथा प्रशोधन समूहको ४९.३५, माइक्रोफाइनान्स ३०.९९, निर्जीबन बीमा समूहको उपसूचक ८६.७२ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज किसान लघुवित्त वित्तिय संस्था र ग्रिन डेभलपमेन्ट बै‌कको सेयरमुल्य उच्च अंकले बढेको छ । साथै, जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था र युनिलिभर नेपालका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : १० श्रावण २०८०, बुधबार १५:३५