सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकममा भने सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार रकममा भने सुधार



काठमाडौं । सेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार २६.६६ अंकले घटेर परिसूचक २१९७.४५ को बिन्दुमा झरेको हो।

आज नेप्सेमा कारोबार भएका २६५ कम्पनीको दुई करोड सात लाख ९० हजार कित्ता सेयर किनबेच हुदाँ कारोबार रकम चार अर्ब ६७ करोड ७९ लाख ८२ हजार रुपैयाँ बढीको भएको छ।

बजार राताम्मे हुदाँ म्युचअल फण्ड ०.१४ अंक र अन्य समूहको उपसूचक ४५.४२ अंकले बढेको छ भने बाकी सबै समूहको उपसूचक ओरालो लागेको छ ।

कारोबारमा आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक २५ करोड ५६ लाख ६९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। नेप्सेका अनुसार आज किसान लघुवित्त वित्तिय संस्थाको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । एनआइबिएल ग्रोथ फण्ड र लिर्बर्टी इनर्जी कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार १५:१४