व्यक्तिगत घर कर्जा सीमा २ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

व्यक्तिगत घर कर्जा सीमा २ करोड



काठमाडौं । नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत् ५० लाख सीमा बढाएको हो ।

राष्ट्र बैंकले व्यक्तिगत घर निर्माणका लागि आवासीय घर कर्जा २ करोड पुर्याएको छ। यसअघि आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ तोकेको थियो । आवासीय घर कर्जास्वरुप उपलब्ध गराइएको रकम रियल स्टेट कर्जा अन्तर्गत गणना गर्नुपर्दैन ।

राष्ट्र बैंकले सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने जनाएको छ । अहिलको विद्यमान व्यवस्था अनुसार यी क्षेत्रहरुमा जाने कर्जामा १ सय ५० प्रतिशत जोखिम भार कायम गर्नुपर्छ । सरोकारवालाले यसलाई १ सय प्रतिशतमा झार्नुपर्ने माग गर्दै आएका थिए ।

प्रकाशित : ७ श्रावण २०८०, आईतवार १४:३६