कुन–कुन बैंक तथा वित्तीय संस्थाले गरे आस्वा सदस्यता नविकरण ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुन–कुन बैंक तथा वित्तीय संस्थाले गरे आस्वा सदस्यता नविकरण ?



काठमाडों। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०८०/८१का लागि ४१ वटा बैंक तथा वित्तीय संस्थाको सी–आस्वा सदस्यता नवीकरण गरेको छ।

गत असार ३१ गते सेबोनले यो आर्थिक वर्षका लागि २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको सूचना जारी गरेको थियो। आस्वा सदस्यता नवीकरण नगरेका बैंक तथा वित्तीय संस्थाबाट आइपीओ भर्न नपाइने सीडीएस एन्ड क्लियरिङले जनाएकाे थियाे ।

जसका कारण आस्वा सदस्यता नवीकरण नभएका बैंक तथा वित्तीय संस्थामा खाता रहेका लाखौँ लगानीकर्ताले आईपीओलगायत सार्वजनिक निष्कासनमा आवेदन दिनबाट बञ्चित भएका थिए।

योसँगै आस्वा सदस्यता नवीकरणलाई लिएर सेबोनको चर्को आलोचना भएको थियो। त्यसपछि भोलिपल्ट साउन १ गते सेबोनले थप १३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको थियो। तर, सेबोनले थप नवीकरणका विषयमा हालसम्म पनि सूचना जारी गरेको छैन।

पछि सेबोनले १/२ गर्दै हालसम्म ४१ वटा बैंक तथा वित्तीय संस्थाहरुको आस्वा सदस्यता नवीकरण गरेको छ। अझै पनि आधा दर्जनजति बैंक तथा वित्तीय संस्थाहरुको आस्वा सदस्यता नवीकरण हुन बाँकी रहेको छ।

सेबोनको नियमअनुसार आर्थिक वर्ष सकिने १ महिनाअघि नै अर्थात जेठभित्रै बैंक तथा वित्तीय संस्थाहरुले आस्वा सदस्यता नवीकरण गर्नुपर्छ। तर, सेबोनले आस्वा सदस्यता नवीकरणसम्बन्धी सूचना पनि जारी नगर्नु र बैंक तथा वित्तीय संस्थाहरुले पनि बेलैमा नवीकरण नगर्दा लगानीकर्ता मर्कामा परेका थिए। अहिले आस्वा सदस्यता नवीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक २५ हजार रुपैयाँ तिर्नुपर्छ।

हालसम्म आस्वा सदस्यता नवीकरण भएका बैंक तथा वित्तीय संस्थाहरु :

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार १२:४३