सेयर बजारमा ९.९१ अंकको वृद्धि, कारोबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा ९.९१ अंकको वृद्धि, कारोबार रकममा पनि सुधार



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार उकालो लागेको छ । बजार ९.९१ अंकले बढेर परिसूचक २१५१.३७ बिन्दुमा रोकिएको हो । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.७० अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८२ अंकले बढेको छ ।

२५५ कम्पनीको ८६ लाख ७६ हजार ४३८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको १३.७४, जीबन बीमा १८.८४, उत्पादन तथा प्रशोधन समूहमा ७७.९६, माइक्रोफाइनान्स १७.८७, निर्जीबन बीमा समूहको उपसूचक १७८.७३ र अन्य समूहको उपसूचक ७.७१ अंकले बढेको छ ।

त्यस्तै, विकास बैंक ३५.६०,वित्त ४.१२, होटल समूहको उपसूचक ८६.३१, जलविद्युत ९.९२ र ट्रेड्रिङ ९.३६ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको आज २१ करोड ७७ लाख ३९ हजार रुपैंया बराबरको भएको छ ।

कारोबारमा बीपीडब्लु लघुवित्त वित्तिय संस्था र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, सानिमा लार्ज क्याप फण्डका सेयर लगानीकर्ताले भने आज सबै भन्दा बढी गुमाएका छन् ।

प्रकाशित : २ श्रावण २०८०, मंगलवार १५:२२