सन नेपाल लाइफ इन्सुरेन्सकाे आइपीओमा आजदेखि आवेदन दिन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सन नेपाल लाइफ इन्सुरेन्सकाे आइपीओमा आजदेखि आवेदन दिन सकिने



काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सले आजदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँका दरले ९६ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । जसमध्ये ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले सन नेपाल लाइफको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित : १ श्रावण २०८०, सोमबार १२:४७