घोराही सिमेन्टको आईपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

घोराही सिमेन्टको आईपीओ बाँडफाँड



काठमाडौ। घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ असार ३१ गते बाँडफाँड भएको छ। आईपीओ धितोपत्र बिक्री हिमालयन क्यापिटल र प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले आइतबार दिउँसो बाँडफाँड गरेका हुन।

यो कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। तर, ठूलो परिमाणमा फर्जी आवेदन परेपछि असार ४ गते नेपाल धितोपत्र बोर्डले अनुसन्धान गर्ने भन्दै स्थगित गरेको थियो। तर, पछि फेरि धितोपत्र बोर्डले यो आईपीओको निष्कासन प्रक्रिया फुकुवा गरेको थियो। यो आईपीओमा पछि असार २५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको थियो।

यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको थियो।

निष्कासनको अन्तिम दिन साँझ ५ बजेसम्म यो आईपीओमा ६ लाख ७३ हजार ८३९ आवेदकबाट कुल २ करोड ५४ लाख २० हजार ३२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.६८ गुणाले बढी हो। तर, आवेदकको संख्या कम रहेको थियो।

यो आईपीओमा आवेदन दिने सबैले सेयर पाएका छन्। क्यापिटलका अनुसार १० कित्तादेखि ७० कित्तासम्म सेयर माग गरेका ५ लाख ५३ हजार ४४ जनालाई माग बमोजम सेयर बाँडफाँड गरिएको छ। जसअनुसार उनीहरुलाई कुल ६५ लाख ७८ हजार ७७० कित्ता बाँडफाँड गरिएको छ।

यसैगरी ८० कित्तादेखि ३० हजार कित्तासम्म सेयर माग गर्ने ४ हजार ६५७ आवेदकलाई ७० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ। उनीहरुले कुल ३ लाख २५ हजार ९९० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार ८० कित्तादेखि ३ हजार कित्तासम्म सेयर माग गर्ने तिनै आवेदनकमध्ये ६९१ जनालाई भने थप १० कित्ताका दरले ६ हजार ९१० कित्ता बाँडफाँड गरिएको छ।

अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकहरु तथा आईपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको मा गएर हेर्न सकिनेछ।

प्रकाशित : ३१ असार २०८०, आईतवार १६:०१