सेयर बजारमा १२ अंकको सुधार, ब्याजदर घटेपछि लगानीकर्ता सकारात्मक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा १२ अंकको सुधार, ब्याजदर घटेपछि लगानीकर्ता सकारात्मक



काठमाडौं । बैंकहरुले ब्याजदर घटाएपछि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार १२.१६ अंकले बढेर परिसूचक २०९६.८६ बिन्दुमा रोकिएको हो । गत बिहीबार बजार ४.७३ अंकले घटेर परिसूचक २०७२.२४ को विन्दुमा झरेको थियाे ।

२८६ कम्पनीको ७१ लाख ८४ हजार २५४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको १६.२५, विकास बैंक २०.९६, उत्पादन तथा प्रशोधन समूहमा २४.७४, माइक्रोफाइनान्स ३९.१०, निर्जीबन बीमा समूहको उपसूचक १०७.३०, अन्य समूहको उपसूचक ६.५१ अंकले बढेको छ । साथै, वित्त २.७८, होटल समूहको उपसूचक १२.५४, जलविद्युत १७.४३, जीबन बीमा ६.९८, ट्रेड्रिङ ४.५५ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा शिवम सिमेन्टको आज १९ करोड १३ लाख ११ हजार रुपैंया बराबरको भएको छ ।

कारोबारमा सनराइज फोकस्ड इक्विटी फण्ड, एनआईबिएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्डको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, लिबर्टी इनर्जी कम्पनीको र मकर जितुमाया सुरी हाइड्रोपावरका सेयर लगानीकर्ताले भने आज सबै भन्दा बढी गुमाएका छन् ।

प्रकाशित : ३१ असार २०८०, आईतवार १५:३८