अपि हाइड्रोको मुनाफा ४ गुणाले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

अपि हाइड्रोको मुनाफा ४ गुणाले वृद्धि



काठमाडौं, २ फागुन  । अपि पावर कम्पनी लिमिटेडले दोस्रोे त्रैमासमा खुद मुनाफा ४ गुणाले वृद्धि गरी ३ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले नाफा ८४ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ४ करोड ९१ लाख रुपैयाँ राखेको छ । त्यस्तै लगानी तर्फ हेर्दा ६१ दशमलव ६६ प्रतिशतले बढेर १४ करोड ५६ लाख रुपैयाँ रहेको छ । कम्पनीको बिक्रि ८ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको चालु सम्पत्ति १५ करोड ५४ लाख रुपैयाँ रहेको छ भने चालु दायित्व २४ करोड ८० लाख रुपैयाँ रहेको नोक्सानमा रहको छ । अपिको जम्मा आम्दानी ४७ दशमलव ०७ प्रतिशतले बढेर ८ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

अपि पावर कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ६ दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६१ दशमलव ६ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ४ दशमलव ६८ रुपैयाँ रहेको छ ।

प्रकाशित : २ फाल्गुन २०७३, सोमबार ०५:४५