५ विकास ऋणपत्र नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

५ विकास ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल सरकारको ५ वटा विकास ऋणपत्र सूचीकृत भएका छन्। नेप्सेमा कुल ६० अर्ब रुपैयाँबराबरका ५ वटा विकास ऋणपत्र सूचीकृत भएका हुन्।

नेप्सेमा सूचीकृत भएका विकास ऋणपत्रमा ४ वर्षे अवधिको २०८४ ‘ट’, ५ वर्षे अवधिको २०८५ ‘ज’, ५ वर्षे अवधिको २०८५ ‘झ’, ६ वर्षे अवधिको २०८६ ‘ङ’ र ६ वर्षे अवधिको २०८६ ‘च’ छन्। यी ऋणपत्रको वार्षिक ब्याजदर क्रमशः ८.९ प्रतिशत, ८.५७ प्रतिशत, ८ प्रतिशत, ६.९३ प्रतिशत र ६.३५ प्रतिशत छन्।

गत वैशाख ८ गतेदेखि असार २२ गतेसम्म निष्कासन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका छन्। यी ऋणपत्रको भुक्तानी मिति २०८४ वैशाख ८ गतेदेखि २०८६ असार २२ गतेसम्म तोकिएका छन्

प्रकाशित : २८ असार २०८०, बिहीबार १५:५९