सेयर बजार २५.३१ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार २५.३१ अंकले बढ्यो



काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार २५.३१ अंकले बढेर परिसूचक २०९७.५५ बिन्दुमा रोकिएको हो । २८९ कम्पनीको ८५ लाख ४ हजार ३७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको ८.७७, विकास बैंक ३०.८७, जलविद्युत १०२.७२, जीवन बीमा ३८.९७, माइक्रोफाइनान्स ७३.७५, निर्जीबन बीमा समूहको उपसूचक १०६.८०, अन्य समूहको उपसूचक १६.०५ अंकले बढेको छ । कारोबारमा वित्त ३९.२०, होटल समूहको उपसूचक ५१.०८ अंकले घटेको छ । कारोबार रकमका आधारमा शिवम सिमेन्टको आज ३३ करोड ९३ लाख ९१ हजार रुपैंया बराबरको भएको छ ।

कारोबारमा शिव श्री हाईड्रोपावर, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर कम्पनी, लक्ष्मी इक्विटीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा भने नकारात्मक सर्किट लागेको ।

प्रकाशित : २७ असार २०८०, बुधबार १६:२५