मुलुकको शोधनान्तर स्थिति: २ अर्ब बचतमा, यस्तो छ आर्थिक परिदृश्य (पूर्ण पाठसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मुलुकको शोधनान्तर स्थिति: २ अर्ब बचतमा, यस्तो छ आर्थिक परिदृश्य (पूर्ण पाठसहित)



काठमाडौं । जेठ मसान्तसम्म चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ९२ अर्ब १४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाताको जेठ मसान्तसम्म ५३ करोड ६१ लाखले घाटामा रहेको छ ।

जेठ मसान्तसम्म पुँजीगत ट्रान्सफर २२.५ प्रतिशतले कमी आई ७ अर्ब ३५ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ९ अर्ब ४९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रहेको थियो ।

जेठ मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर अहिले १ अर्ब ७४ करोडले बचतमा रहेको छ ।

प्रकाशित : २५ असार २०८०, सोमबार १२:५९