नेप्सेमा ६ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा ६ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। बिहीबार नेप्सेमा समिट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।

समिट लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। गत आर्थिक वर्षका लागि यो लघुवित्तले चुक्तापुँजीको १३.५६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

प्रकाशित : २४ असार २०८०, आईतवार १६:१९