अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँड



काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ आज९शुक्रबार० बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको काठमाडौंको नक्साल नारायणचौरस्थित कार्यालय परिसरमा एक कार्यक्रमका बीच आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले गत असार १० गतेदेखि असार १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। कम्पनीले त्यसमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको थियो।

कम्पनीले ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको थियो। बाँकी ५ लाख ३९ हजार ५०० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो।

निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १२ लाख ८२ हजार ४६३ आवेदकबाट कुल १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा २५.८८ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । जसमा भाग्यमानी ५३ हजार ९५० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । आइपीओमा आवेदन दिएका ११ लाख ४४ हजार १२७ आवेदकको हात रित्तो भएको छ ।

प्रकाशित : २२ असार २०८०, शुक्रबार ११:२७