‘विद्युतको लाइसेन्स लिँदैनौ, निजी क्षेत्रलाई सफ्ट लोनको व्यवस्था गर्छौ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

‘विद्युतको लाइसेन्स लिँदैनौ, निजी क्षेत्रलाई सफ्ट लोनको व्यवस्था गर्छौ’



काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले निजी क्षेत्रका आयोजनालाई ‘सफ्ट लोन’ (सस्तो ब्याजदरको कर्जा) उपलब्ध गराउने बताएको छ । एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुनप्रसाद गौतमले, एचआइडिसियल अव निजी क्षेत्रले विकास गर्ने जलविद्युत आयोजनामा पनि एचआईडीसीएलले स्वँपूजी र ऋण दुवै लगानी गर्ने बताएका छन् ।

स्वतन्त्र ऊर्जा ऊत्पादकहरुको संस्था, नेपाल (इप्पान)को नव निर्वाचित कार्यसमितिलाई एचआईडीसीएलमा स्वागत गर्दै सीईओ गौतमले, एचआईडीसीएल अब ऊर्जा लक्षित पूर्वाधार बैंक बन्ने गरी अघि बढेको र त्यसका लागि कम्पनीको पूँजी २५ अर्ब मात्र भएपनि व्तििय लिभरेज उपयोग गरेर १ खर्ब ५० अर्ब सम्मको लगानी सक्ने अवस्थामा रहेको बताए ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ईप्पानले उठाएको लगानीको अभावको अवस्थामा सहजीकरण गर्ने विषय एचआईडीसीएलको साझा मुद्दा भएको भन्दै इप्पानसँग मिलेर अघि बढ्ने गौतमको भनाइ थियो । ‘ विगतमा जस्तो कम्पनीले अब जलविद्युत आयोजनाको लाइसेन्स लिँदैन । देशलाई समृद्ध बनाउने ऊर्जा क्षेत्रमा देखिएको वित्तीय लगानीको खाडल पूरा गर्न विदेशबाट ग्रीन फण्ड, पेन्सन फण्ड जस्ता सस्तो फण्ड ल्यएर जलविद्युत्मा लोन र इक्वीटी दुवैमा लगानी गर्छौ ।’ गौतमले भने ।


विदेशबाट ग्रीन बण्ड ल्याएर वा नेपालमै पनि बण्ड जारी गरेर जलविद्युत आयोजनालाई ‘सफ्ट लोन’ उपलब्ध गराउन एचआईडीसीएल अघि बढेको उनको भनाइ थियो ।

‘लगानी कम्पनीको रुपमा दर्ता भएपनि अव एचआईडीसीएल बैंक तथा वित्तीय संस्थामा रुपान्तरण भइसकेकोले यसको काम सस्तो दरमा ऋण ल्याउने र जलविद्युत केन्‍द्रित भएर लगानी गर्ने नै हो ।’ गौतमले भने ।

इप्पान अध्यक्ष गणेश कार्कीले ७/८ प्रतिशत ब्याजदरमा वित्तीय व्यवस्थापन गरेका आयोजनाको बैंकको ब्याजदर १४/१५ प्रतिशतसम्म पुगेको भन्दै एचआईडीसीएलले निजी क्षेत्रका आयोजनामा गरिएको लगानीको व्याजदरमा स्थिरता कामय गरिदिए धेरै राम्रो हुने बताए । निजी क्षेत्रले विश्व बैंक, आईएफसी, एडीबी लगायतका संस्थाबाट ऋण ल्याउन २र३ वर्ष लामो समय लाग्ने भन्दै अध्यक्ष कार्कीले त्यस्ता संस्थाबाट सस्तो दरमा एचआईडीसीएलले फण्ड ल्याएर निजी क्षेत्रमा लगानी गर्न तर्फ केन्द्रीत हुन आग्रह गरे ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले बाहिरबाट सफ्ट लोन ल्याएर नेपालको जलविद्युतमा लगानी गर्ने वातावरण बन्यो भने नेपालको समृद्धिको लागि त्यो महत्त्वपूर्ण हुने बताए ।

इप्पानका उपमहासचिव प्रकाश दुलालले जलविद्युतमा व्याजदरमा स्थिरता कायम गर्न विदेबाट सस्तो दरमा पैसा ल्याएर नेपाली जलविद्युत उध्यमीले लिएको ऋणको सहुलियतपूर्ण कामगर्न एचआइडीसीएल स्थापना गर्ने माग नै निजी जलविद्युत् उध्यमीको भएको भएपनि विगतमा कम्पनीले आफै आयोजना बनाउनेतर्फ लाग्दा बरालिँदा सोचेजस्तो नभएको भएको एचअईडिसियलले अहिले स्विकार्दै अव आफुले आयोजना नबनाई अरुका आयोजना लगानी गर्ने तर्फ केन्द्रीत भएकोमा धन्यवाद दिए ।

उनले आगामी दिनमा एचआईडियल सरकारी तथा अर्धसरकारी आयोजनामा मात्र केन्द्रित नहुन आग्रह गर्दै सरकारी वा अर्धसरकारी कम्पनी कम्पनीले विकास गरेका आयोजनामा भन्दा निजीक्षेत्रमा केन्द्रीत हुन आग्रह गरे । सरकार वा सरकार संलग्न कम्पनीले बनाएका आयोजना निजी क्षेका भन्दा महँगो भएको यस वर्षको महालेखा परिक्षकको प्रतिवेदनको यथार्थलाई मनन् गर्दै निजी क्षेत्रलाई फोकस गरेर लगानी गर्दा कम्पनीको नाफामा पनि सुधार हुने दुलालले बताएका थिए ।

इप्पानका कार्यमसिति उपाध्यक्ष उत्तम बलोन लामाले कुमार श्रेष्ठले एचआईडीसीएलले २० आयोजनमा ऋण तथा स्वपूँजी लगानी गर्दा पनि १२ अर्ब भन्दा बढी लगानी नदेखिएकोले बाँकी रकम बैंकमा राखेर ब्याज खानुभन्दा निजी क्षेत्रका आयोजनालाई सस्तो दरमा तत्काल कर्जा दिन आग्रह गरे । उनले निजी क्षेत्रले सहजै ऋण तथा स्वपुँजी पाउने खालको प्रकृयाको सहजिकररण गर्न समेत आग्रह गरेका थिए ।

प्रकाशित : २१ असार २०८०, बिहीबार २१:४१