दोहोरो अंकले ओरालो लाग्यो बजार, कारोबार रकममा सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दोहोरो अंकले ओरालो लाग्यो बजार, कारोबार रकममा सामान्य सुधार



काठमाडौं । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार ३९.२६ अंकले घटेर परिसूचक २०४९.४४ को विन्दुमा झरेको हो।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.८९ अंकले घटेर ३८२.७४ को विन्दुमा ओर्लेको छ। आज ८० लाख ९२ हजार कित्ता सेयर किनबेच हुदाँ कारोबार रकम तीन अर्ब सात करोड ३९ लाख ९२ हजार रुपैयाँ बढीको भएको छ।

बजारमा गिरावट आउँदा सबै समूहको उपसूचक राताम्मे भएको छ । जीवन बीमा समूह सर्वाधिक ३.३१ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह २.७५ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.९० प्रतिशत, विकास बैंक समूहमा १.६८ प्रतिशत, वित्त समूहमा १.०७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.५३ प्रतिशत, जलविद्युत समूहमा २.३३ प्रतिशत, लगानी समूहमा २.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९३ प्रतिशत, लघुवित्त समूहमा २.१८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२३ प्रतिशत, अन्य समूहमा २.३७ प्रतिशत र व्यापार समूहमा १.२३ प्रतिशतको गिरावट आएको छ।

कारोबारमा आज शिवम सिमेन्टको सर्वाधिक १६ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेप्सेका अनुसार आज सिटी होटेल र रावा इनर्जीका सेयरधनीहरुले सर्वाधिक कमाएका छन् भने बिपिडब्लु लघुवित्त र मोदी इनर्जीका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरमा आज नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित : २० असार २०८०, बुधबार १५:४७