एनएमबि बैंकको ४ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि बैंकको ४ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबि बैंकको ४ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत भएको छ। १० वर्षे अवधिको ‘एनएमबि डिबेन्चर–२०८९–९०’ नेप्सेमा सूचीकृत भएको हो।

यो ऋणपत्रका एक हजार अंकित दरका कुल ४० लाख इकाइ सूचीकृत भएको छ । एनआईबिएल एस क्यापिटमार्फत यो ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्।

प्रकाशित : २० असार २०८०, बुधबार १३:३७