मोदी र रावा इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मोदी र रावा इनर्जीको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?



काठमाडौं । मोदी इनर्जी र रावा इनर्जी डेभलपमेन्टको सेयर कारोबार बुधबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ। आज स्पेसल प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले तोकेको रेन्जभित्र मोदी इनर्जी र रावा इनर्जीको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।

पहिलो कारोबारका लागि भने नेप्सेले मोदी इनर्जी प्रतिकित्ता न्यूनतम ९२.७७ रुपैयाँदेखि अधिकतममा २७७.७१ रुपैयाँ र रावा इनर्जीलाई प्रतिकित्ता न्यूनतम ८३.१० रुपैयाँदेखि अधिकतममा २४९.३० रुपैयाँको ओपनिङ रेन्ज तोकेको थियो। यी दुवैको प्रि–ओपन सेसनमा क्रमशः २७० रुपैयाँ र २३९.३० रुपैयाँमा किनबेच भएका छन्।

यी दुवै कम्पनीको आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत भएको थियो। नेप्सेमा मोदी इनर्जीको कुल २ करोड ९० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड १७ लाख ५० हजार कित्ता ९७५ प्रतिशत० र सर्वसाधारण समूह ९वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित०को ७२ लाख ५० हजार कित्ता ९२५ प्रतिशत० रहेको छ। नेप्सेले मोदी इनर्जीलाई ‘एमईएल’ कारोबार संकेत प्रदान गरेको छ।

यसैगरी नेप्सेमा रावा इनर्जीको कुल २० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १९ लाख ६० हजार कित्ता ९७० प्रतिशत० र सर्वसाधारण समूह ९वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित०को ८ लाख ४० हजार कित्ता ९३० प्रतिशत० रहेको छ। नेप्सेले रावा इनर्जीलाई ‘आरएडब्ल्यूए’ कारोबार संकेत प्रदान गरेको छ।

प्रकाशित : २० असार २०८०, बुधबार ११:४५