काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज सेयर बजार ५३.७० अंकले घटेर परिसूचक २०९७.२९ बिन्दुमा रोकिएको हो ।
२८६ कम्पनीको १ करोड १३ लाख २३ हजार कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ८ करोड १९ लाख ७६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारमा आज सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सको ४२ करोड ५६ लाख ५४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
बजार दोहोरो अंकले घट्दा सबैसमूहको उपसूचक राताम्मे बनेका छन्। जसमा बैंकिङ समूह २९.८८, वित्त ३८.१७, विकास बैंक १३६.२१, होटलको १५४.६३, जीबन बीमा १५१.३१, उत्पादन तथा प्रशोधन १२९.१२, माइक्रोफाइनान्स १९८.२५, निर्जिबन बीमा कम्पनी ११३.३२, अन्य समूहको उपसूचक ३७.४१ र टेड्रिङ समूह ६०.४४ अंकले घटेको छ ।
कारोबारमा बिपीडब्लु लघुवित्त वित्तीय संस्था र सिटी होटलको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै आज सबैभन्दा बढी श्रृजनशील लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जीका लगानीकर्ताले गुमाएका छन् ।





Comment