आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर



काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैंया विगो भराउने आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्द १८ करोड भन्दा बढीको बिगो माग दाबी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो ।

खड्काले १८ करोड ६६ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको अभियोगसहित अख्तियारले २३ पुस २०७८ मा उनी विरुद्द मुद्दा दायर गरेको थियो। उनले अन्य ब्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफत गर्न अख्तियारले माग गरेको थियो ।

सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि खड्काले पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित : १५ असार २०८०, शुक्रबार १७:०२