रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पायो प्रिमियममा आईपिओ निष्कासनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पायो प्रिमियममा आईपिओ निष्कासनको अनुमति



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार १५ गते कम्पनीलाई आईपिओ निष्कासनको लागि अनुमति दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा सेयर निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्ने छ । सेयर निष्कासनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले सुरुमा अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ रुपैयाँमा आईपिओ निष्कासन गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन लेखापरीक्षण गराएपछि अंकित मूल्य १०० मा १९९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २९९ रुपैयाँमा आईपिओ निष्कासन गर्ने प्रस्ताव गरेको थियो ।

तर अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा सेयर निष्कासन गर्न अनुमति पाएको छ ।

प्रकाशित : १५ असार २०८०, शुक्रबार १३:३८