नेप्सेमा ३५.३७ अंकको गिरावट, करिब ६ अर्बको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा ३५.३७ अंकको गिरावट, करिब ६ अर्बको कारोबार



काठमाडौं । केहि दिनदेखि निरन्तर उकालो लागेको सेयर बजार बुधबार ३५.३७ अंकले घटेर परिसूचक २१५०.९९ बिन्दुमा रोकिएको छ । २८० कम्पनीको १ करोड ३३ लाख ४२ हजार कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आज सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज ८३ करोड ७ लाख ३६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बजार दोहोरो अंकले घट्दा सबैसमूहको उपसूचक राताम्मे बनेका छन्। जसमा जीबन बीमा ३०४.९२ अंकले बढेको छ भने बाकीं बैंकिङ समूहको १९.६६, विकास बैंक ९७.३६, वित्त ५८.३६, होटल १५६.५८, जलविद्युत ५०.६५, माइक्रोफाइनान्स १२८.७४, निर्जिबन बीमा कम्पनी ५९.८७, उत्पादन तथा प्रशोधन ८८.३४ अन्य समूहको उपसूचक ५२.३० र टेड्रिङ समूह ६६.५१ अंकले घटेको छ ।

कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स, बिपीडब्लु लघुवित्त र सिटी होटलको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै आज इङवा हाइड्रोपावर लिमिटेड, खप्तड लघुवित्त र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : १३ असार २०८०, बुधबार १५:३९