दुई लघुवित्तको ९ लाख १६ हजार बढी कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई लघुवित्तको ९ लाख १६ हजार बढी कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुई लघुवित्त संस्थाका ९ लाख १६ हजार बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा समता घरेलु लघुवित्त र महुली लघुवित्तको कुल ९ लाख १६ हजार २०७.७४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

जसमा समता घरेलु लघुवित्तको ५ लाख १४ हजार ११६.२९ कित्ता र महुली लघुवित्तको ४ लाख २ हजार ९१.४५२ कित्ता बोनस सेयर छन्। यी दुवैले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : १२ असार २०८०, मंगलवार १६:३२