सेयर बजारमा दाेहाेराे अंककाे सुधार, ५ अर्ब ३१ करोडकाे कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दाेहाेराे अंककाे सुधार, ५ अर्ब ३१ करोडकाे कारोबार



काठमाडौं । सोमबार पनि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आज बजार ११.६९ अंकले बढेर २११७.७३ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.९९ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स १.४० अंकले बढेको छ ।

आइतबार २७९ कम्पनीका एक करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी शिवम सिमेन्टको ४२ करोड ५ लाख ९९ हजारको सेयर किनबेच भएको छ ।

नेप्सेका अनुसार आज कारोबारमा जलविद्युत कम्पनीको ११.११, जीबन बीमामा ९.७१, निर्जीबन बिमा ११२.५५, अन्य ८.८४ र ट्रेडिङ समूहको उपसूचक ६.५४ अंकले घटेको छ । त्यस्तै, बैंकिङ समूहको ८.४०, विकास बैंक २४.९४, वित्त ५६.३०, होटल ४७.९५, उत्पादन तथा प्रशोधन २८.४९, माइक्रोफाइनान्स १५१.४९ अंकले बढेको छ ।

यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स,बीपीडब्लु लघुवित्त वित्तिय संस्था, सिटी होटल, सिभिल लघुवित्त वित्तिय संस्थाको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । साथै, आज सुपर मादी हाइड्रोपावर र विन लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

प्रकाशित : ११ असार २०८०, सोमबार १५:२८