नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट, कतिको भयो हात खाली ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट, कतिको भयो हात खाली ?



काठमाडौं। नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ। धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले काठमाडौंको ठमेलस्थित होटेल अलफ्टमा एक कार्यक्रमबीच आइपीओ बाँडफाँड गरेको हो।

आइपीओ बाँडफाँड कार्यक्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए। उनले पानसमा दीप प्रज्ज्वलन गरी आइपीओ बाँडफाँड कार्यक्रमको शुभारम्भ गरेका थिए।

उपप्रधान तथा गृह मन्त्री नारायणराजी श्रेष्ठ नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ बाँडफाँडमा सहभागी भएका थिए । उनी प्रमुख अतिथिको रुपमा आइपीओ बाँडफाँडमा सहभागी भएका हुन् । उनले नै गोलाप्रथा गर्ने बल तानेका थिए ।

यो कम्पनीले गत जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री गरिसकेको थियो।

यसैगरी ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ३५ लाख २५ हजार ९३० कित्ता र कर्मचारीलाई खुलाइएकोमा बाँकी रहेको ९३ हजार ९६१ गरी कुल ३६ लाख १९ हजार ८९१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यो आइपीओमा १२ लाख ९९ हजार ७२७ आवेदकबाट कुल १ करोड ४१ लाख ९ हजार ५६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.७ गुणाले बढी हो। कुल आवेदनमध्ये १२ लाख ३४ हजार ४८९ आवेदकबाट माग भएको १ करोड ३३ लाख ३४ हजार ८०० कित्ता प्रमाणीकरण भएको थियो।

प्रमाणीकरण भएकामध्ये पनि १२ लाख २७ हजार ५६९ आवेदकबाट परेको १ करोड ३२ लाख ४१ हजार ८२० कित्ता सदर भएको छ भने ६ हजार ९२० आवेदकबाट परेको ९२ हजार ९८० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार भाग्यमानी ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये १ जनाले थप १ कित्ता सेयर पाएका छन्।

यस हिसाबले सदर आवेदकमध्ये ८ लाख ६५ हजार ५८० आवेदकको हात खाली भएको छ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक, धितोपत्र निष्कासन गर्ने कम्पनी र सीडीएससीको बेवसाइटमा पनि हेर्न सकिनेछ।

प्रकाशित : 26 June, 2023 11:44 am