ललितपुर महानगरपालिकाले सार्वजनिक गर्यो ६ अर्ब ५० करोड रुपैयाँको बजेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ललितपुर महानगरपालिकाले सार्वजनिक गर्यो ६ अर्ब ५० करोड रुपैयाँको बजेट



ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थकि वर्ष २०८०/८१ का लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार आयोजित नगरसभामा महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार प्राप्त हुने अनुमान गरेको छ । राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब प्राप्त हुने उनले जनाइन् ।

बजेटमा महानगरले सम्पदा, सडक पूर्वाधार, एक वडा एक उद्यान लगायतका विषयमा जोड दिएको छ ।

प्रकाशित : १० असार २०८०, आईतवार १६:५७