चिलिमे ईन्जिनियरिङले प्रिमियममा आईपीओ जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चिलिमे ईन्जिनियरिङले प्रिमियममा आईपीओ जारी गर्दै



काठमाडौं । चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि २ लाख ९७ हजार ५०० कित्ता साधारण सेयर प्रिमियममा सार्वजनिक निष्काशन गर्न लागेको हो ।

उक्त सेयर निष्काशनको लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

असार ६ गते भएको उक्त सम्झौतापत्रमा चिलिमे ईन्जिनियरिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रजेश बिक्रम थापा र सिद्धार्थ क्यापिटलको तर्फबाट सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : १० असार २०८०, आईतवार १६:४५